भारतीय नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका– २ बाट मंगलबार १४८ केजी गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्ससहित ओसारपसारमा संलग्न दुईजनालाई इलाका प्रहरी चतराको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा एम्बुलेन्सचालक भारत बिहार सुपौलका धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समा सवार मो. सद्दाम छन् ।