भूमिहीन सुकुमवासी अव्यवस्थित संघर्ष समितिद्वारा आन्दोलन घोषणा

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल भूमिहीन सुकुमवासी अव्यवस्थित संघर्ष समिति रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेकाे छ। समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

समितिका संयोजक खगेन्द्र पौडेलले बिहीबार बुटवलमा बृहत् विरोध र्याली  प्रदर्शन गर्ने बताए । बुटवलको राजमार्ग चौराहाबाट मिलन चोक–अस्पताल रोड हुँदै ट्राफिक चोकसम्म विरोध प्रदर्शन गरिने आयोजकले जनाएका छन् । विरोधका क्रममा सरकारी निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको पनि उनीहरूले बताएका छन् ।  

सरकारले आवश्यक तयारी र छलफलविना भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई उठीवास लगाउने गरी डोजरआतंक मच्चाएको भन्दै समितिका संयोजक पौडेलले विगतमा नापजाँच भएका जग्गाको तत्काल लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरे ।

केही दिनअगाडि बुटवलको वडा नम्बर ४ अदालतअगाडिका नाैवटा घरटहरा डोजर लगाएर हटाइएको थियो ।
 

सुझावित समाचार