संविधान संशोधन बहसका लागि कार्यदलद्वारा पूर्वउच्चपदस्थसँग परामर्श

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले आज संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग छलफल गर्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श कार्यक्रम आयोजना गरेको हो।

कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार छलफलमा सहभागी विज्ञहरूबाट संविधान संशोधनसम्बन्धी सुझाव संकलन गरिनेछ। यसअघि वैशाख १० गते बसेको कार्यदलको बैठकले पूर्वउच्चपदस्थ अधिकारी, पूर्वमुख्यसचिव तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो।

सुझावित समाचार