बागमती नदीकिनारका सुकुमवासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र रूपमा अघि बढिरहेको छ। त्रिपुरेश्वरस्थित रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३,१११ पुगेको छ।
बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा तथ्यांक संकलन गर्दै आएका छन्। प्रभावित परिवारका लागि रंगशालामा स्वास्थ्य परीक्षण तथा राष्ट्रिय परिचयपत्र बनाउने कामसमेत सञ्चालनमा रहेको छ। यी सम्पूर्ण व्यवस्थापन तथा समन्वयको जिम्मेवारी काठमाडौं महानगरपालिकाले सम्हालिरहेको छ।










