बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा आइतबार चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा– ३, डोगडावाडाकी ७३ वर्षीया नैना बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

‎‎शाहीका अनुसार गाउँनजिकैको जंगलमा पशु चौपाया चराउन गएका वेला चट्याङ लागेर घाइते भएकी बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

सुझावित समाचार