नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक ढिला गरी सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिसहित आन्तरिक व्यवस्थापनका विषयमा छलफल हुने बताइएको छ। क्रियाशील सदस्यता अद्यावधिकको अवस्थाबारे पनि बैठकमा छलफल हुनेछ।