नमः बुद्ध हाइड्रोपावरमा लुम्बिनी विकास बैंकले लगानी गर्ने

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

पाल्पाको तिनाउँ गाउँपालिकास्थित तिनाउँ खोलामा हाइड्रोपावर निर्माण गरिने भएको छ । भिजन लुम्बिनी लिमिटेडद्वारा प्रवद्र्धित ३.४४ मेगावाटको नमः बुद्ध हाइड्रोपावर निर्माणको प्रक्रिया अगाडि बढेको हो । आयोजनाको लागत अनुमान ७० करोड रहेको छ । आयोजनामा लुम्बिनी विकास बैंकले करिब ३२ करोड रुपैयाँ ऋण लगानी गर्नेछ ।

 भिजन लुम्बिनीका अध्यक्ष जगतहादुर पोखरेलले आयोजना १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन् । भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले सामूहिक लगानी, समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत् आयोजना निर्माण अघि बढेको बताए ।हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षको काम सकिएको छ ।

भिजनले कास्कीमा २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले अहिले १० वटाभन्दा पनि धेरै प्रोजेक्टमा लगानी गरी काम गरिरहेको छ । लिमिटेडका बोर्ड सदस्य राजीव गौतमले थप हाइड्रोपावर निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताए । भिजनले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, हस्पिटालिटी र आइटी क्षेत्रमा लगानी गरिरहेको छ ।

सुझावित समाचार