विराटनगर विमानस्थलबाट २७ लाख रुपैयाँसहित एक भारतीय र एक नेपाली पक्राउ

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

मोरङ प्रहरीले  स्रोत नखुलेको २७  लाख रुपैयाँसहित दुईजनालाई विराटनगर विमानस्थलबाट पक्राउ गरेको छ ।  चेकजाँचका क्रममा शनिबार बुद्ध एयरबाट काठमाडौं जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई झोलामा स्रोत नखुलेको नेपाली  ११ लाख रुपैयाँ फेला परेपछि पक्राउ गरेको हो । 

यसैगरी शनिबार नै श्री एयरलाइन्सबाट काठमाडाैं जान लागेका भारत पश्चिम बंगालको माल्दा घर भएका ३६ वर्षीय मोहम्मद अतिफलाई नगद १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।  

घटनाबारे स्रोत नखुलेको रकमबारे थप अनुसन्धान जारी रहेको र अवैध रूपमा रकम ओसारपसार हुने गतिविधिमाथि निगरानी कडाइ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।  

See More On

सुझावित समाचार