नेपाली सेनाद्वारा बम डिस्पोज

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र फेला परेका ठुलो परिमाणका विस्फोटक पदार्थ नेपाली सेनाले डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यालयको कपाउन्डभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको थियो । 

काली भक्तिगण भैरहवाबाट इन्जिनियरसहितको टोली र सिद्धिबक्स गण सल्यान सिमखर्कबाट आएको टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमराज केसीले जानकारी दिए  ।

शनिबार जग खन्ने क्रममा फेला परेका विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा डिस्पोज गरिएको उहाँको भनाइ छ । जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीनवटा सुतली बम, एक बोतल बम, सात थान रेडियो वेभ, एक्सपोलोसिभ ५०० ग्राम, बम बनाउन प्रयोग हुने पार्टसहरू दुई केजी र फाइरिङ केबल १० मिटर फेला परेका थिए । 

सुझावित समाचार