बर्दियामा फोर्स गाडीको ठक्करबाट बालिकाको मृत्यु

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

बर्दियामा फोर्स गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका– ११, लालपुरस्थित हुलाकी सडकखण्डमा फोर्स गाडीको ठक्करबाट आठ वर्षीया नाजिया साईको  मृत्यु भएको छ । 

राजापुरबाट नेपालगन्ज  जाँदै  गरेको भे.१ख ४२६० नम्बरको फोर्स गाडीले ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख  प्रहरी निरीक्षक सन्दीप बेलबासे बताए । उनले फोर्स  गाडीका  चालकलाई नियन्त्रण लिइएको बताए ।

सुझावित समाचार