सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

सल्यानमा जग खन्ने क्रममा ८६ वटा बम फेला परेको छ। जिल्ला प्रहरी कार्यालयको कम्पाउन्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठुलो मात्रामा विस्फोटक पदार्थ फेला परेको हो।

जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीनवटा सुतली बम, एउटा बोतल बम, सात थान रेडियो वेभ, एक्सपोलोसिभ ५०० ग्राम, बम बनाउन प्रयोग हुने सामानहरू दुई केजी र फायरिङ केबल १० मिटर फेला परेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ।

बम डिस्पोजका लागि काली भक्तिगण भैरहवाबाट इन्जिनियरसहितको टोली र सिद्धिबक्स गण सल्यान सिमखर्कबाट आएकाे टोली खटिएका छन्। सो स्थानमा सशस्त्र द्वन्द्वको समयमा ठुलो मात्रामा बम राखिएको हुन सक्ने अनुमान गरिएको छ।
 

सुझावित समाचार