बजेटलेखन समितिले पायो पूर्णता, अमृत लम्साल सदस्यमा थपिए

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटलेखन समितिलाई पूर्णता दिएको छ। सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेलको सरुवापछि रिक्त रहेको स्थानमा सहसचिव अमृत लम्साललाई सदस्यमा थपिएको मन्त्रालयले जनाएको छ।

संविधानअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्छ। सोही तयारीस्वरूप अर्थ मन्त्रालयले चैत २० गते बजेटलेखन समिति गठन गरेको थियो। तर, बजेट तयारीकै संवेदनशील समयमा वैशाख १० गते मन्त्रिपरिषद्ले समितिका सदस्य भट्टराई र पोखरेललाई सरुवा गरेको थियो।

सरुवापछि भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सचिवका रूपमा पठाइएको छ भने पोखरेललाई मधेश प्रदेशमा सोही जिम्मेवारी दिइएको छ।

हाल समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव उत्तरकुमार खत्री छन्। सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा र सहसचिव अमृत लम्साल छन्। बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा लेखन टिमले पूर्णता पाएपछि अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने कामलाई तीव्रता दिएको छ।

See More On

सुझावित समाचार