गरिमा विकास बैंक लिमिटेडका ग्राहकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एन्ड रिसर्च सेन्टरमा आकर्षक छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन त्रिपक्षीय सम्झौतासमेत गरिएको छ ।
सम्झौताअनुसार, बैंकका ग्राहकले ओम हस्पिटलमा सिटी स्क्यान, एक्सरेलगायत स्वास्थ्य सेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, कान्तिपुर डेन्टलको बेड शुल्कमा १५ तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट दिइने भएको छ ।
कान्तिपुर डेन्टलले प्रदान गर्ने उक्त छुट काठमाडौंको वसुन्धारासहित सुन्दरबस्ती र सतुंगल, पोखरा, नारायणगढ–भरतपुर, बुटवलस्थित शाखाबाट पनि प्राप्त गर्न सक्ने बताइएको छ । छुट लिन ग्राहकले यस बैंकको मोबाइल बैकिङ वा डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ ।