बलात्कार कसुरमा १८ वर्ष सजाय पाएका व्यक्ति पक्राउ

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

जघन्य अपराध बलात्कार कसुरमा अदालतबाट १८ वर्ष कैद सजाय पाएर फरार एक अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङबाट २० चैत ०७९ मा बलात्कार कसुरमा १८ वर्ष कैद सजाय पाएका  बेलबारी नगरपालिका– ५ का ३३ वर्षीय  मुथुन चमारलाई स्थायी प्रहरी चौकी सोमबारे मोरङको   प्रहरी टोलीले बुधबार साँझ घरमै बसिरहेकाे वेला पक्राउ गरेको हो ।

पक्राउ परेका फरार अभियुक्त मुथुनलाई बिहीबारै कैद सजाय भुक्तानका लागि अदालतमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

सुझावित समाचार