बलात्कार कसुरमा १७ वर्ष कैद सजाय पाएका दाजुभाइ पाँच वर्षपछि पक्राउ

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

बलात्कार कसुरमा सजाय पाएका फरार दाजुभाइलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

मोरङको बेलबारी नगरपालिका– ५ का ५७ वर्षीय धनपाल भगत थारू र उनका दाजु भूपाल भगतलाई मोरङ प्रहरीले दोषी ठहर भई फरार भएको पाँच वर्षपछि पक्राउ गरेको हो।

प्रहरीका अनुसार जिल्ला अदालत मोरङबाट सफाइ पाएका भगत दाजुभाइलाई उच्च अदालत विराटनगरले ४ फागुन ०७७ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै जनही १७ वर्ष पाँच महिना २१ दिन कैद सजाय तोकेको थियो। तर, ‘फरार’ रहेका उनीहरू आफ्नो घरमै बस्दै आएका थिए। 

सुझावित समाचार