इ–बिडिङ ह्याक प्रकरण : आशिष निर्माण सेवाका अध्यक्ष गौली पक्राउ

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारी ठेक्काहरू ह्याकर प्रयोग गरी हत्याएको प्रकरणमा अर्का ठेकेदार पक्राउ परेका छन्। आशिष निर्माण सेवाका ऋषिकेश गौलीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो। उनलाई पुरानो बानेश्वरबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ। पक्राउ छल्न गौली केही दिनयता अस्पताल भर्ना भएका थिए। 

सरकारी बोलपत्र प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याउने गतिविधिमा सो कम्पनीको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको सिआइबीका एसएसपी शिव श्रेष्ठले बताए। सो प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन्। जसमा पूर्वमन्त्री वक्रम पाण्डेसहितका ठेकेदारहरू छन्। 

सुझावित समाचार