नेप्सेसँगै कारोबार रकममा गिरावट

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २५.८१ अंकले घटेर दुई हजार ७४४.४५ विन्दुमा कायम भएको हो।

आज कारोबार रकममा समेत गिरावट भएको छ। अघिल्लो दिन करिब साढे ६ अर्बको सेयर कारोबार हुँदा आज चार अर्ब ९८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो। ३५१ कम्पनीका एक करोड २१ लाख ३४ हजार कित्ता सेयर खरिद–बिक्री भए।

नेप्सेका १३ समूहमध्ये विकास बैंक, म्युचल फन्ड र व्यापार समूहबाहेक सबै समूह घटेका छन्। व्यापार समूह सबैभन्दा धेरै १.०९ प्रतिशतले बढ्दा सर्वाधिक घटेको उत्पादन तथा प्रशोधनको गिरावट २.२४ प्रतिशत छ।

आज सर्वाधिक कमाउने कर्पोरेट विकास बैंकका लगानीकर्ताले १३.८१ प्रतिशत कमाएका छन्। बाँकी धिताेपत्रको वृद्धिदर ३.८७ प्रतिशतभन्दा कम छ। केबिएल डिबेन्चर २०९० को मूल्य ११.४६ प्रतिशतले घटेको छ।

सुझावित समाचार