सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न रास्वपाको सुझाव

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ। बुधबार  पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा धेरै कुराहरू सिक्न बाँकी रहेकाले यस्तो अभ्यास गर्न सुझाव दिइएको हो । 

त्यस्तै, कुनै पनि कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन गरेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीको सबै सांसदहरूको लेटरहेड र कार्डलगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिँदै र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन गरिएको हो । 

त्यस्तै, रास्वपाले आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्वप्रशिक्षणकf लागि वैशाख २० देखि क्यान्डिडेट क्लबको अभ्यास गर्ने जनाएको छ । कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न निर्देशन छ। कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागीदार हुने चेतावनी दिइएको छ । 
 

See More On

सुझावित समाचार