जेठ १३ र १४ मा भक्तपुरमा ब्युटी एन्ड बिजनेस एक्स्पो हुने

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

आगामी जेठ १३ र १४ गते भक्तपुरको गट्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा ‘ग्रान्ड ब्युटी एन्ड बिजनेस एक्स्पो विथ हाटबजार’ हुने भएको छ । सौन्दर्य तथा साजसज्जा व्यवसायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरेको एक्स्पो अन्तर्राष्ट्रियस्तरको रहने आयोजक संस्था युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलले बताएका छन् ।

सो अवसरमा सयवटा स्टलमार्फत हाटबजारको स्वरूप दिइने र व्यवसाय प्रवर्द्धन गरिने जर्मन होम्स हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत राजन कार्कीले बताएका छन् । सौन्दर्य कला, साजसज्जा तथा भक्तपुरको मौलिक पहिचानको प्रवर्द्धन गर्ने वस्तु तथा सेवा हाटबजारमा राखिने उनले बताए ।

एक्स्पोको प्रमुख आकर्षणका रूपमा भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष उपस्थिति र प्रशिक्षण रहने अध्यक्ष गजुरेलले बताए । त्यस्तै, म्याक अब्राहम, रोहित तिवारी तथा नेपालका लोकप्रिय कलाकार चिरागको समेत सहभागिता रहने उनले बताए । 

संस्थाका संरक्षक नरेश रञ्जितले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सौन्दर्यकर्मीको प्रशिक्षण र प्रयोगात्मक कक्षाले सहभागीमा ज्ञान र सिपको अभिवृद्धि हुने तथा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे । प्रदर्शनी करिब १० हजार मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

See More On

सुझावित समाचार