‘भोलि चार प्रदेशका मानिसले सावधानी अपनाउनुस्’

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि (बुधबार) सबैजनालाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले केही बेरअघि विज्ञप्ति जारी गरेर कोशी, मधेश, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जनाउँदै तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम रहने बताएको छ।

यी स्थानमा रहने सबैले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको हो। 

See More On

सुझावित समाचार