नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्। बिमासम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार पक्राउ गरेकाे हाे।
नेपाल बिमा प्राधिकरणको प्रतिवेदनकाे आधारमा श्रेष्ठलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। सिआइबीले श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतकाे अनुमतिमा कागेश्वरी मनोहरा– ५ बाट नियन्त्रणमा लिएको हाे।