पालिका तहदेखि नै दलित महिलामैत्री बजेट निर्माण गर्न माग

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

पालिका तहदेखी नै  दलितमैत्री  बजेट निर्माण गर्न कोशी प्रदेशका दलित महिलाहरुले  माग गरेका छन्। विराटनगरमा सोमवारदेखि सुरु भएको तीनदिने प्रदेश स्तरीय  भेलामा सहभागी दलित अगुवा महिलाहरुल आगामी बजेट   पालिका तहदेखी नै  दलितमैत्री हुर्नुे  माग गरेका हुन्।  दलित महिला संघ संस्थापक केन्द्रीय अध्यक्ष दुर्गा सोबले पालिका तहदेखि नै दलित महिलामुखी बजेट निर्माण नभए सबैभन्दा पछाडि परेका दलित महिलाहरु सधै बंचितिकरणमा परिरहने बताइन् । उनले दलित महिलाहरुलाई वडा तहदेखी नै मुलधारमा ल्याउन नीति कार्यक्रम र बजेट निर्माणका लागि योजना तर्जुमा सहभागीतामा बिशेष अधिकार दिनुपर्नेमा जोड दिइन् । 

दलित महिला संघकी केन्द्रीय महासचिव रेणु सिंजापतिले संविधान र कानुनमा उल्लेख भएर अनुसारको अधिकार पाउन सकेमात्र सदियौँदेखी सबैभन्दा पछाडि पारिएका दलित महिलाहरुको सहभागीता बढ्दै जाने बताइन्। उनले आगामी बजेटका लागि  योजना तर्जुमा गर्ने बेलादेखी नै प्रदेश सरकार र पालिकाहरुले दलित महिलाहरुको अवस्थालाई विशेष प्राथमिकता दिनुपर्छ भनिन्। 

दलित महिला संघ कोशी प्रदेश अध्यक्ष पाण्डु परियारले अथक संघर्षकै कारण सदियौदेखि सबैभन्दा पछाडि पारिएका दलित महिलाहरु धारापँधेराको विभेददेखि माथि उठेर अब विकासमा सहभागीता जनाउन थालेकोले उनीहरुलाई मुलधारमा ल्याउन दलित महिलामुखी नीति कार्यक्रमसहितको बजेट आवश्यक पर्नेमा जोड दिइन् । 

मोरङ अध्यक्ष शर्मिला पारियारले सरकारहरुले निर्माण गरेका बजेट र सञ्चालन भएका कार्यक्रमहरु दलितमुखी भए/नभएको भनेर समीक्षा गर्दै आगामी बजेट पालिका तहदेखि नै अधिकार सम्पन्न बनाउन दलित महिला संघले कोशी प्रदेश भरिका जनप्रतिनिधि र अगुवा दलित महिलाहरुलाई सहभागी गराएर भेला आयोजना गरेको जानकारी दिइन्। भेलालाई सम्बोधन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामपसाद महतोले पहिलो प्राप्त भएको अधिकार नखोसिने गरि प्रदेश सरकारले दलित महिलाहरुको शसक्तिकरण पक्षलाई ख्याल गर्दै बजेट निर्माण गराउने प्रतिबद्धता जनाए । 
 

सुझावित समाचार