संविधान संशोधन बहसपत्र तयार कार्यदलले वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूसँग छलफल गर्दै

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ। 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग छलफल गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ।

कार्यदलले यसअघि सोमबार संविधानविद्हरूसँग छलफल गरेको थियो। मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठित कार्यदलले वैशाख १० गतेको बैठकको निर्णयबमोजिम छलफललाई तीव्रता दिएको हो।

कार्यदलले सबै सरोकारवालासँगको छलफलबाट संकलित सुझावहरूका आधारमा संविधान संशोधनको ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ।

सुझावित समाचार