नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)ले पोखराको एक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरेको छ ।
बैंकले पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक ट्रयाकसुट वितरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विद्यालयमा अध्ययनरत एक सय ८१ जना विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।
बैंकको पोखरा लेखनाथ शाखामार्फत विद्यार्थीलाई पोसाक वितरण गरिएको बैंकको अर्घौँ शाखाका प्रमुख प्रकाश सिग्देलले जानकारी दिए । शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई पोसाकमा सहयोग गरेको उनले बताए ।