गोदरेजका रेफ्रिजेरेटर नेपाली बजारमा

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

भारतीय ब्रान्ड गोदरेजले उच्च गुणस्तरका रेफ्रिजेरेटरमार्फत नेपाली बजारमा उपस्थिति जनाएको छ । नेपालमा सिजी इलोक्ट्रोनिक्समार्फत यी उत्पादनहरू उपलब्ध हुनेछन् । नेपालको अनियमित विद्युत् आपूर्ति, भोल्टेज उतारचढाव तथा दीर्घकालीन प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

यी रेफ्रिजेरेटरहरू इन्भर्टर कम्प्रेसर प्रविधिसँग सुसज्जित छन्, जसले खानाको मात्रा र तापक्रमअनुसार आफैँ समायोजन गर्दै ऊर्जा बचत गर्नुका साथै दीर्घकालीन कार्य क्षमता सुनिश्चित गर्छ । कम्पनीका अनुसार प्रत्येक युनिटलाई ५० डिग्री सेल्सियससम्मको उच्च तापक्रममा परीक्षण गरिएको छ, जसले कठोर वातावरणमा पनि भरपर्दो प्रदर्शन दिन्छ ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गोदरेजले आफ्नो प्याटेन्टेड नानो सिल्ड टेक्नोलोजी समावेश गरेको छ, जसले खाद्य पदार्थको सतहमा रहेका ९५% भन्दा बढी कीटाणु तथा भाइरस नष्ट गर्ने दाबी गर्छ ।त्यसैगरी, ४–इन–१ कन्वर्टिबल मोडले प्रयोगकर्तालाई आवश्यकताअनुसार फ्रिजरलाई फ्रिजमा रूपान्तरण गर्न वा बिदाको समयमा फ्रिजको केही भाग बन्द गर्न अनुमति दिन्छ, जसले ऊर्जा खपत घटाउनुका साथै कम्प्रेसरको आयु लम्ब्याउँछ ।

सुझावित समाचार