एलओडीमा ‘अमेरिकन बोर्डरलाइन’, प्लेन र रोबर्ट डान्स देखाए

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

एलओडी क्लबमा ‘अमेरिकन बोर्डरलाइन’ ले प्रस्तुति दिएको छ । शनिबार राति क्लबमा आफ्नो कार्यक्रममा उनीहरूले विभिन्न प्रस्तुति दिएका थिए ।

रोबर्टिक डान्स, बेलुन डान्स र प्लेन डान्ससमेत गरेका थिए । क्लबमा अमेरिकन बोर्डरलाइनका १६ जना कलाकारले विभिन्न आकर्षक र रोमाञ्चक प्रस्तुति दिएका थिए। 

दर्शकहरूले यस इभेन्टलाई अन्य इभेन्टभन्दा फरक रहेको प्रतिक्रिया दिएका छन्।  राघव शाक्यले यस्तो इभेन्टले क्लबले थप नयाँ उचाइमा पुर्याएको बताएका छन् ।

क्लबमा मात्र नभई नेपालमा पहिलोपटक यस्तो इभेन्ट देखिएको शाक्ले बताए । क्लबिङ संस्कृतिमा यो इभेन्टले नयाँ आयाम थपेको क्लबका निर्देशक भूपेन कुँवरले बताए।

क्लबमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थिति गराएर इभेन्ट गरे पनि यस्तोखाले इभेन्ट पहिलोपटक गरिएको उनको भनाइ छ ।

‘यो इभेन्टले नेपाल क्लबिङ जीवनशैलीको हब बन्न सक्ने सम्भावना बनेको छ,’ उनले भने, ‘हाम्रो क्लबका लागि यो ऐतिहासिक इभेन्ट बनेको छ ।’

मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने कुँवरको भनाइ छ । यस वर्षका लागि एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये ४०औँ स्थानमा परेको छ । सन् २०२५ मा ४४औँ स्थानमा रहेको थियो । यसअघि सन् २०२२ मा ५२औँ  स्थानमा, २०२३ मा ४९औँ स्थानमा र २०२४ मा ५०औँ स्थानमा परिसकेको छ ।

सुझावित समाचार