धादिङका फोटोग्राफर महेन्द्र डल्लाकोटी सम्मानित

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

धादिङका फोटोग्राफर महेन्द्र डल्लाकोटीलाई सम्मान गरिएको छ। ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह धादिङले डल्लाकोटीलाई सम्मान गरेको हो।

डल्लाकोटी धादिङको पहिलो फोटोग्राफरका रूपमा चिनिन्छन्। रहरले २०२२ सालदेखि फोटो खिच्दै आएका डल्लाकोटीले २०३२ सालबाट व्यावसायिक रूपमा फोटो खिच्न थालेका हुन्। ‘२०३६ सालबाट टेन्डर हालेर गरिने सरकारी कामका फोटो खिच्न थालेँ। प्रायःजसो नागरिकता बनाउने फोटो खिचेको अनुभव छ। एकै दिन ५ हजारसम्म फोटो खिचेँ। त्यससँगै हिमाल पहाड, प्राकृतिक, सांस्कृतिक सम्पदाहरूको पनि फोटो खिचियो,’ उनले भने।

धादिङको बेनीघाटका ८४ वर्षीय डल्लाकोटीको फोटोग्राफी क्षेत्रमा ६ दशक लामो अनुभव छ। अहिले पनि उनको छोराछोरी तथा नाति-नातिनीले धादिङलगायत विभिन्न जिल्लामा ६ वटा स्टुडियोहरू सञ्चालन गरिरहेका छन्।

सुझावित समाचार