नेपाल मेडिकल एन्ड ल्याब एक्स्पोको नवौँ संस्करण आयोजना हुँदै

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल मेडिकल एन्ड ल्याब एक्स्पोको नवौँ संस्करण अप्रिल ३० देखि २ मे (वैशाख १७ देखि १९ गते)सम्म काठमाडौंमा आयोजना हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले एक्स्पो भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन हुने जानकारी दिएको हो।

प्रदर्शनीमा चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभर विकसित नवीनतम उत्पादन र प्रविधिहरू प्रस्तुत गरिनेछ। नेपाल मेडिकल एन्ड ल्याब एक्स्पोमा चिकित्सा, शल्यचिकित्सा, डायग्नोस्टिक तथा अनुसन्धान प्रयोगशालासम्बन्धी गतिविधि पनि हुनेछन्। यसले अस्पताल, चिकित्सक, प्याथोलोजिस्ट, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता तथा अन्य खरिदकर्ताहरूलाई जोड्ने आयोजकको विश्वास छ।

एक्स्पोमा भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी र पाकिस्तानलगायत देशका उच्चस्तरीय आपूर्तिकर्ताहरू सहभागी  हुनेछन्। एक्स्पोमा दुई सयभन्दा बढी स्टल रहनेछन्।

सुझावित समाचार