रुपन्देहीमा प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनमा १०३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार शान्तिसुरक्षामा खलल पुर्याउने १०३ जनालाई नियन्त्रणमा लिइएको हो।
जिल्लाका विभिन्न स्थानहरूमा जिप्रका रुपन्देही तथा मातहतमेतमा सञ्चालित विशेष अपरेसनमा जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा १०३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताएका छन्।
नियन्त्रणमा लिएकामध्ये केहीलाई अभिभावकको जिम्मा लगाइएको र केहीको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । नियन्त्रणमा लिइएकाहरूको आपराधिक गतिविधिसम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
अपरेसन शनिबार साँझ ७ बजेदेखि राति ९ बजेसम्म गरिएको प्रहरीले जनाएको छ।