सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्याएर ठुला सरकारी ठेक्का कब्जा गरेको अभियोगमा थप दुईजना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिराहाको लाहान– ९ घर भई भक्तपुरको सूर्यविनायक– ३ बालकोट हाइट बस्ने ३० वर्षीय स्वदेश पोखरेल र नुवाकोटको ककनी– ३ घर भई काठमाडौं– १६ बालाजु बस्ने ४१ वर्षीय प्रकाश ढुंगानालाई पक्राउ गरेको हो।
पोखरेल इन्कोन प्रालिको सेयरधनी तथा लेखापाल हुन् भने ढुंगाना कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक हुन्। सिआइबीले यसअघि राप्रपाका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित १० जनालाई पक्राउ गरिसकेको छ।