होन्डाको दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

पद्म ज्योति ग्रुपअन्तगर्तको स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ सर्भिस सेन्टर विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरको छ । यही पहलअन्तर्गत त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुईवटा सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । 

उक्त अवसरमा होन्डा मोटर कम्पनीका उपाध्यक्ष तथा हेड अफ रिजनल युनिट एसिया एन्ड ओसियाना, रिजनल अपरेसन्स (एसोसिएट्स रिजन्स)का प्रमुख र एसियन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तोसिओ कवाहाराको प्रमुख आतिथ्यता रहेको थियो । साथै, स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले होन्डा नेपालका लागि यो दिन एउटा ठुलो दूरदृष्टिको प्रतीक भएको बताए । उनले होन्डा मोटर्स र स्याकार ट्रेडिङ कम्पनीबिचको उत्कृष्ट तालमेलले होन्डा विगत १० वर्षभन्दा बढी समयदेखि नेपालमा नम्बर १ ब्रान्डको स्थान सुरक्षित गर्न सफल भएको बताए ।

See More On

सुझावित समाचार