ओप्पो ए६एक्स अब नेपालमा

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

ओप्पो ए६एक्स स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन दिने कम्पनीले जनाएको छ । यस डिभाइसमा ६ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज उपलब्ध छ । आइस ब्लु र प्लम पर्पल दुई रंगहरूमा उपलब्ध स्मार्टफोन ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । 

टिकाउपनलाई ध्यानमा राख्दै यसमा आइपी६४ स्तरको धुलो तथा पानीबाट जोगिने क्षमता समावेश गरिएको छ । ओप्पो ए६एक्स स्न्यापड्रागन ६८५ (६ नानोमिटर) प्रोसेसरबाट सञ्चालित छ । यसमा युएफएस २.२ स्टोरेज प्रयोग गरिएको छ, जसले डेटा स्थानान्तरण र एप सञ्चालनलाई छिटो बनाउँछ ।

कलरओएस १५ मा आधारित यो फोनले सहज र प्रयोगकर्तामैत्री अनुभव प्रदान गर्छ । यसमा आउटडोर मोड २.०, चोरी सुरक्षा तथा ४८ महिनासम्मको फ्लुएन्सी संरक्षणजस्ता अतिरिक्त सुविधा पनि समावेश छन् ।

फोनमा ६५ सय एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोग गर्न सहयोग पुर्याउँछ । यसमा १५ वाट चार्जिङ समर्थनका साथै रिभर्स चार्जिङ सुविधा पनि दिइएको छ । ओप्पो ए६एक्स को मूल्य ३२ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । 

ग्राहकले खरिद गरेको दुई महिनासम्म साट्न मान्य हुने सुविधासहितको ग्यारेन्टी पाउनेछन् र यो अफर १० असार ०८३ सम्म लागू हुनेछ । साथै, पहिलो तीन सयजना खरिदकर्तालाई विशेष ओप्पो फोन स्ट्यान्ड उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार