लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बाँके प्रहरीले गोली चलाएको छ। नेपालगन्ज उपमहानगरपालिका २२ शान्तिचोकनजिकै लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको लागुऔषध ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन ३ राउन्ड गोली चलाएको हो।
प्रहरीले बाँके नेपालगन्ज २२ का २८ वर्षीय दिनेश बासखोरको साथबाट लागुऔषध जस्तो देखिने खैरो धुलो पदार्थ३७० ग्राम र नेपालगन्ज २२ का ३५ वर्षीय नुर मोहम्मद किंगरिया र सोही ठाउँका २९ वर्षीय फिरोज साईलाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।
उनीहरूको बारेमा थप अनुसन्धानको भइरहेको उनले बताए ।