सुकुमवासी बस्ती प्रकरण : यस्ता छन् बिहानदेखि यति वेलासम्म सरकारले गरेका गतिविधि

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले शनिबार बिहानदेखि सुरु गरेको नदीकिनाराको भत्काउने क्रम अहिले पनि जारी छ। थापाथली नदीकिनारको सकिएर अहिले सिनामंगलस्थित गैरीगाउँमा भत्काउने काम भइरहेको छ।

थापाथली क्षेत्रबाट घरबारविहीन भएको विवरण टिपाउने २५ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा लगिएको  काठमाडौं महानगरपालिकाले जनाएको छ।  यसमा ७ परिवारका ८ जना पुरुष, १२ जना महिला र ५ जना बालबालिका रहेको जनाइएको छ। त्यस्तै, १ जना सुत्केरीलाई कोटेश्वर पुर्याइएको छ। 

त्यस्तै, गैरीगाउँबाट तीन परिवारले आफू घरबारविहीन भनेर नाम टिपाएका छन्। गैरीगाउँ क्षेत्रबाट शारीरिक अस्वस्थता भएका दुईजना बालकलाई अस्पताल पुर्याइएको छ। लत्ताकपडा, सरसामान, भाँडाकुँडा तथा घरका सामान ओसार्नका लागि महानगरपालिकाका १२ वटा ठुला गाडी र साना ४ वटा गाडी प्रयोग भएको महानगरले जनाएको छ। 

सुझावित समाचार