सल्यानको चिसीखोलीको एक घरमा आगलागी हुँदा सम्पूर्ण सामान जलेर नष्ट

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

सल्यान बागचौर नगरपालिका २ चिसीखोलीमा भएको आगजनीमा १० लाख नगद सहित महत्वपूर्ण समान जलेर पूर्ण रुपमा नष्ट भएको छ । चिसीखोली निवासी माधव डिसीको घरमा शुक्रबार दिउँसो एक्कासी आगलागी हुँदा नगद, बहुमूल्य धातु, लगायतका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको बागचौर नगरपालिकाले जनाएको छ।

पुरानो घर भत्काएर नयाँ घर निर्माणका लागी अर्को घरमा सुरक्षित राखिएको घरमा नै एक्कासी आगलागी भएको पीडित परिवारले जनाएको छ ।  घर निर्माणका लागि  निकालेर राखेको नगद पैसा जलेको डिसीले बताए ।

आगलागीबाट नगद, तामा, काँस, भाँडाकुँडा, अदुवाको बीउ, सिमेन्ट तथा लत्ताकपडा लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको बागचौर नगरपालिका उपमेयर सुम्निमा डिसी वलीले जानकारी दिए । आगलागी पछि मेयर सहितको टोलीले अनुगमन गरी आवश्यक राहत समेत वितरण गरिएको छ ।  क्षतिको एकिन तथ्यांक संकलन भइरहेको प्रहरीको भनाई छ । 
 

See More On

सुझावित समाचार