साताभरमा सुनको भाउ प्रतितोला ४५ सय रुपैयाँ घट्यो

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

साताभरमा सुनको भाउ प्रतितोला ४५ सय रुपैयाँ घटेको छ । साताको पहिलो आइतबार तीन लाख एक हजार रहेको सुन शुक्रबार दुई लाख ९६ हजार पाँच सय रुपैयाँ प्रतितोला मूल्य निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार दुई लाख ९९ हजार सात सय, मंगलबार तीन लाख एक हजार तीन सय, बुधबार तीन लाख पाँच सय र बिहीबार दुई लाख ९८ हजार सात सय रुपैयाँ मूल्य निर्धारण भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि साताभरमा प्रतितोला दुई सय ८० रुपैयाँ घटेको छ । आइतबार पाँच हजार दुई सय २५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार चार हजार नौ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । त्यस्तै, सोमबार पाँच हजार एक सय ९०, मंगलबार पाँच हजार एक सय ६०, बुधबार पाँच हजार एक सय ३० र बिहीबार पाँच हजार २० रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

भूराजनीतिक तनाव, विश्वका शक्तिशाली केन्द्रीय बैंकहरूले घटाइरहेको बैंक ब्याजदर र सुनमा लगानीकर्ताको बढ्दो आकर्षणका कारण पछिल्लो समय सुनको भाउ उच्च विन्दुमा पुगेर थोरै मात्रामा तलमाथि हुने गरेको छ । 

See More On

सुझावित समाचार