वैशाख १२ देखि १८ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको वैशाख १२ गते शनिबारदेखि १८ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको सुरुमा घरेलु समस्याले रोग लाग्ने, शत्रु बढ्ने हुँदा काममा उतारचढाव आउने योग छ । सोचेका काम धेरै पूरा हुनेछैनन् काम संयम भएर गर्नुपर्ला । लेनदेनमा अघि नसर्नु नै राम्रो होला । विनाकारण दुःख पाउने समय छ । पराक्रमको आडमा अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग भए पनि संयमता अपनाउनुपर्ला । सानो भूलको पनि परिणाम ठुलो हुन सक्छ गोपनीयता अपनाउनु वेश हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साता राम्रो छ । सुरुमा जोश र जाँगर बढ्नेछ भने आँटेका काममा सजिलै सफलता हासिल गर्न सकिनेछ । यात्रा गर्ने अवसर मिले पनि विवादको सामना धेरै गर्नुपर्ला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । दाम मनग्ये कमाउने अवसर मिल्ने योग छ । घरेलु काममा सफलता मिल्नेछैन । शत्रु पराजय हुनेछन् । बिहीबार घरेलु समस्याले सताउनुको साथै स्वास्थ्यमा बाधा आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) यो साता समय मध्यम रहनेछ । सुरुमा विवाद र चिन्ताले सताउँदा काम रोकिनेछन् । कुरा काट्नेहरूले मौका हेरेर फसाउने प्रयत्न गर्नेछन् । परिवार पनि विनाकारण टाढिनेछन् । बिहीबारदेखि पराक्रम बढ्नुका साथै काममा सफलता मिल्ने, यात्रा तथा व्यापारमा लाभ हुनुको साथै भेटघाटले प्रसन्नता बढ्नेछ । नयाँ काम पाउने सम्भावना प्रशस्त देखिन्छ । राज्यबाट सम्मान पाउने योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यमा संलग्न हुँदा ठुला व्यक्तिसँग मित्रता बढ्ने आम्दानी बढ्ने माध्यम अरूबाट हुन गई प्रसन्नता बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने र नयाँ काममा सोचेजस्तै सफलता मिल्ने योग रहेको छ । यात्रा गर्ने अवसर मिल्नेछ । धनआर्जन पनि राम्रै हुनेछ, धेरैले भरोसा गर्ने योग छ । परिवारबाट आलोचित हुनुपर्ने छ । संयम अपनाउनु राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साता राम्रो भए पनि सुरुमा खर्च बढ्ने, विवाद बढ्ने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । झुटा आरोप लगाउने प्रयास पनि धेरै हुन्छ । आइतबारदेखि भोजभतेरमा संलग्न भई अन्तर्क्रिया गर्ने अवसर मिल्नेछ । पराक्रम बढ्नेछ । सोच्ने शक्ति बढ्नेछ । धन मनग्ये कमाउने अवसर मिल्नेछ । अरूको विश्वास आफूतिर बढाउन पनि सकिनेछ । घरजग्गा जोड्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साताको सुरुमा धन मनग्ये कमाउने अवसर मिल्नेछ । पढाइमा सफलता पाउने योग कायमै छ । नाम कमाउने अवसर पनि मिल्नेछ । काममा सुधार आउनेछ । अरूको मन जित्न सकिनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । गोपनीयता अपनाउँदा सोचेका कुरा धेरै पूरा हुनेछन् । काट्नेहरू बढ्ने योग भएकाले संयमता अपनाउनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) ग्रहगोचर राम्रो छ । प्रशंसनीय कार्य गर्ने अवसर पनि मिल्नेछ । भेटघाटमा अरूबाट हुने प्रशंसाले खुसी हुने योग छ । भाग्यले साथ नदिए पनि कर्म बलिया भएकाले गरेका कामबाट आमदानीको स्रोतहरू प्रशस्त प्राप्त हुनेछन् । आत्मविश्वास बढ्ने झयकाले ठुला व्यक्तिसित अन्तर्त्रिया हुने र उनीहरूबाट सम्मान पाउने योग रहेको छ । आँटेका काम पूरा हुनेछन् । मन शान्त रहनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साताको सुरुमा नैराश्यता र उदासीनता बढ्नुको साथै  धार्मिक कार्यमा संलग्न हुँदा अपजस पाउने योग रहेको छ । आइतबारदेखि पढाइमा राम्रो सफलता अलि कसरत गर्नुपर्ला । व्यापारमा गरेका प्रयास फलदायी रहनेछन् । धन मनग्ये कमाउने अवसर मिल्नेछ । सभासम्मेलनमा संलग्न झई अन्तर्त्रिया गर्ने अवसर पनि पाउनुहोला । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  साताको  सुरुमा स्वास्थ्य कमजोर हुनुको साथै शरीरमा आलस्यता र काममा बाधा आउने योग रहेको छ । मन अशान्त हुने र निर्णयको अभावले काम बिग्रन सक्ने भएकाले महत्वपुर्ण काम गर्दा विचार पुर्याउनु उचित हुनेछ । बिहीबारदेखि धार्मिक र सामाजिक कार्यमा संलग्न हुने योग रहेको छ । ठुला व्यक्तिबाट मानसम्मान पाउने र परिश्रमबाट काममा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सुरुमा व्यवसायबाट मनग्ये आम्दानी हुने योग रहेको छ । यात्रामा हुने भेटघाटले अरूबाट मानसम्मान पाउने योग छ । पराक्रम बढ्नुका साथै गरेका काममा सफलता पनि मिल्नेछ  । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । ठुला व्यक्तिसित अन्तरसंवाद गरेर अघि बढ्ने प्रेरणा प्राप्त होला । पढाइमा सोचेभन्दा बढी सफलता मिल्नेछ । वैदेशिक कार्य सोचेभन्दा राम्रोसँग अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बोलीको प्रभाव बढ्ने क्रम यथावत् रहनेछ । ठुला व्यक्तिसितको अन्तरसंवादले मनोबल बढाउनेछ । पैसा मनग्ये कमाउने अवसर मिल्नेछ । व्यापारमा लाभ मिल्ने योग रहेको छ । भाग्यले साथ दिनेछ । बुधबार र वृहस्पतिबार शत्रु बढ्ने, मन अशान्त रहने, आर्थिक संकट आउनेछ । आर्थिक कारोबारमा अघि नबढ्नु उचित हुनेछ । विश्वास गरेकाले नै धोका दिन सक्ने भएकाले संयम हुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यापारमा लाभ हुनुको साथै धार्मिक कार्यमा रुचि बढ्ने, भाग्यले साथ दिने हुँदा मनोबल पनि बढ्नेछ । यात्रा गर्ने अवसर पनि मिल्नेछ । मानसम्मान पनि पाउनुहोला । आफन्तहरूको उचित सहयोग पाउनुहोला । पढाइमा राम्रै सफलता मिल्नेछ । अरूको मन जित्न सकिनेछ । अरूबाट प्रशंसा पनि पाउनुहोला । ठुला व्यक्तिको विश्वासको पात्र भई अगाडि बढ्ने योग रहेको छ । 

See More On

सुझावित समाचार