उपहार पठाएको बहानामा अनलाइन ठगी, एकजना पक्राउ

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालबाट ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

इलाम फाकफग्तुम गाउँपालिका– ६ बस्ने सुखमान लिम्बू थेगिमका छोरा २७ वर्षीय सुजन लिम्बू भन्ने सुसन थेगिम लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

लिम्बूले रोहन राजपुत नाम गरेको टिकटक आइडीबाट एक महिलालाई विभिन्न प्रलोभनमा पारी अमेरिकी डलर, गरगहनासहितका उपहार पार्सल पठाएको बताएका थिए।

पार्सल काठमाडौंमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेकाले कस्टुम चार्जबापतको रकम भुक्तानी गर्नुपर्ने भन्दै दुई लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लिम्बूले ह्वाट्सएपबाट ४० भन्दा बढी नेपाली महिलालाई समेत सम्पर्क गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

सुझावित समाचार