राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सदनको अधिवेशन आह्वान गरेका हुन्।

दुवै सदनको बैठक वैशाख १७ गते बिहीबार दिउँसो २ बजेलाई आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सुझावित समाचार