सुधन गुरुङले रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउन सक्नुपर्ने बताएका छन्। गृहमन्त्री पदबाट राजीनामा घोषणा गर्दै गुरुङले परिवर्तनका लागि सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबैजना उभिनुपर्ने प्रस्ट पारेका छन्।
‘यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ। कति मिडियाकर्मी साथीहरूको कहाँ–कहाँ स्वेट सेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भनेर राजीनामा दिएको उल्लेख गर्दै गुरुङले भनेका छन्, ‘आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन–जी आन्दोलनले पनि यही सन्देश दिएको छ– सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।’