प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले पार्टी परित्याग गरेका छन् । बुधबार उनले सामाजिक सञ्जालमार्फत आफूले पार्टी परित्याग गरेको जानकारी दिएका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब पाँच महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’