दीपक भट्टले आफ्नै परिवारबाट ऋणपत्र खरिद–बिक्री गरेकाे खुलासा

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

दीपक भट्टसँग सम्बन्धित ऋणपत्र कारोबारमा थप गम्भीर अनियमितता भेटिएको छ । प्रारम्भिक जाँचबुझअनुसार उनले आफू र आफ्नै परिवार तथा सम्बन्धित कम्पनीहरूको सञ्जाल प्रयोग गरी योजनाबद्ध रूपमा ऋणपत्रको मूल्य बढाउने काम गरेका छन् । उनले एनआइएमबिडी ९० नामक ऋणपत्र १६ कात्तिक ०८२ मा हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट एक लाख चार हजार ४०३ कित्ता खरिद गरेका थिए । 

केही दिनमै २३ र २४ कात्तिकमा सोही ऋणपत्र उनले पत्नी आयुष्मा नेपालको संलग्नता रहेको हिमालयन इन्भेस्टमेन्ट बैंकरद्वारा सञ्चालित एचएलआई लार्ज क्याप फन्डलाई बिक्री गरेका थिए । भट्टले कम मूल्यमा ऋणपत्र किनेर आफ्नै सम्बन्धित संस्थालाई बेचेर लाभ लिएको यो चलखेलले देखाएको छ । जाँचबुझ समितिले उनको यो बदमासीलाई लगानीकर्ता झुक्याउँदै मूल्यवृद्धि गराउने योजनाको हिस्सा मानेको छ ।

एसबिआइडिबी ३ नामक ऋणपत्रमा पनि समान प्रवृत्ति देखिएको छ । भट्टले १६ कात्तिक ०८२ मा ४४ हजार कित्ता खरिद गरी २३ कात्तिकमा सोही फन्डलाई बिक्री गरेका थिए । आफ्नै प्रभाव क्षेत्रभित्र किन्ने र बेच्ने गरी एउटै मोडेलमा बारम्बार कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ ।

सुझावित समाचार