कजारिया रमेश टायल्स लिमिटेडले चितवनको मंगलपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । अथर्व{ इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त सोरुम सोमबार उद्घाटन गरिएको हो । यो सोरुमले प्रमुख क्षेत्रीय बजारमा आफ्नो पहुँच विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताइएको छ ।
सोरुम सञ्चालनमा आएसँगै चितवन तथा आसपासका ग्राहकलाई कजारियाका प्रिमियम टायल समाधान अझ सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका निर्देशक हिमांशु अग्रवालले भने, ‘अथर्व{ इन्टरप्राइजेजसँगको सहकार्यमार्फत चितवनमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा खुसी छौँ । यस क्षेत्रमा पूर्वाधार तथा आवास निर्माणको माग निरन्तर बढ्दै गएको अवस्थामा उच्च गुणस्तरका तथा डिजाइनकेन्द्रित टायल समाधान प्रदान गर्ने ठुलो सम्भावना देखिरहेका छौँ ।’ नेपालभर निरन्तर विस्तार भइरहेको आफ्नो सञ्जालसँगै कजारियाले टायल उद्योगमा विश्वासिलो ब्रान्डका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउँदै नवीनता, गुणस्तर तथा उत्कृष्ट डिजाइनमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
कम्पनीले उन्नत प्रविधिसहित देशकै सबैभन्दा ठुलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताबाट थप सुदृढ बनेको कम्पनीको दाबी छ ।
कम्पनीले तीन हजारभन्दा बढी डिजाइन विकल्पसहित टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानलाई रूपान्तरण गर्दै आएको बताइएको छ । हाल कजारियाले देशभर एक सयभन्दा बढी सोरुमको सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड तथा सेरामिक वाल टायल समावेश छन् । यी टायलहरू पानी तथा दागप्रतिरोधी, बलियो, दिगो र आधुनिक डिजाइनमा उपलब्ध हुने बताइएको छ ।