नेप्से परिसूचक दोहोरो अंकले घटेर पुनः २८ सय विन्दुनजिक झरेको छ। मंगलबार नेप्से १८.१० अंकले घटेर दुई हजार ८०७.१२ विन्दुमा कायम भएको हो।
आज ३४७ कम्पनीका एक करोड ३० लाख १९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ७७ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार पाँच अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
आज होटेल तथा पर्यटन समूह १.१६ प्रतिशतले वृद्धि हुँदा बाँकी १२ समूहको सूचक घटेका छन्। सर्वाधिक घटेका वित्त, जलविद्युत् र अन्य समूहको सूचकको गिरावट एक प्रतिशतभन्दा धेरै छ।
बजार घटे पनि सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट विकास बैंक र एसियन हाइड्रोका लगानीकर्ताले क्रमशः १४ र १० प्रतिशतभन्दा धेरै कमाएका छन्।
सर्वाधिक गुमाउनेमा भने डोल्टी पावरका लगानीकर्ता छन्। यो कम्पनी ८.७१ प्रतिशतले घटेको छ। सोलु हाइड्रो पाँच प्रतिशतभन्दा धेरैले घटेको छ।