परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरबिच आज शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुवै पक्षले व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने, आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने तथा आपसी हितका विविध विषयमा सहयोग बढाउने विषयमा विचार आदान–प्रदान गरेका थिए।