जबर्जस्ती करणी मुद्दामा फरार प्रतिवादीलाई सल्यान प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ। छत्रेश्वरी गाउँपालिका– ६ का ३० वर्षीय मोहन विक भन्ने होमबहादुर चलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा चलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। पक्राउ परेका चलाउनेलाई करागार चलान गरिएको छ।