अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार प्रिभ्यु सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।
रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा, दीक्षिता अर्याल (बाल कलाकार)लगायतको अभिनय छ।
रिजाल एन्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन छ भने रंग संयोजक श्याम कुँवर, लोकेसन ध्वनि सागर अर्याल र पार्श्व संगीत सुजिल कर्माचार्यको छ।
क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल रहेको चलचित्रको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाशराज जोशी छन्। चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ।