एनआइसिसीले गर्‍यो सांसद तामाङलाई सम्मान

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआइसिसी)ले सांसद माया तामाङलाई सम्मान तथा अभिनन्दन गरेको छ । एनआइसिसीका अध्यक्ष सञ्जय अग्रवाललगायतले बोर्ड सदस्यसमेत रहेकी तामाङलाई सम्मान गरिएको हो ।

सम्मान गर्दै संघले तामाङले आफ्नो भूमिकामा अर्थपूर्ण योगदान पुर्याउने विश्वास गरेको छ । तामाङ एनआइसिसीकी सम्मानित सदस्य हुन् । व्यावसायिक समुदाय तथा सामाजिक विकासमा नेतृत्व र सक्रिय योगदानका लागि उनी चिनिन्छिन् । 

सुझावित समाचार