उदयपुरकाे चाैदण्डीगढी नगरपालिका– ७, सीतापाइला टोलमा धारिलाे हतियार प्रहार गरी एककाे हत्या भएकाे छ । गएकाे साँझ वर्ष ७३ को रामप्रसाद राईले वर्ष ६४ को महाशेर राईकाे हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाका अनुसार मृतक छिमेकी महाशेरसँग भएकाे विवादमा आवेगमा धारिलो हतियार प्रहार गर्दा महाशेर राईको छातीको दायाँपट्टिको माथिल्लो भागमा गहिरो चोट लागेकाले मृत्यु भएकाे हाे ।
धारिलो हतियार प्रहार गर्ने रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेकाे पनि थापाकाे भनाइ छ ।