सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको त्याग र योगदानलाई उच्च सम्मान गर्दै ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ। आफ्नो अत्याधुनिक इनोभेसनमार्फत मानिसहरूको जीवन र भावनालाई जोड्ने उद्देश्यका साथ यो भावनात्मक तथा सहयोगी अभियान सुरु गरेको कम्पनीले जनाएको छ।
यस अभियानअन्तर्गत सामसङले ‘सामसङ रेमिटमा बेनिफिट’ नामक योजना सार्वजनिक गरेको छ, जसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ। यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ।
यस योजनाअन्तर्गत सामसङले आइएमई रेमिट, एनसेल, खल्ती र हुलास फिन सर्भसँग मिलेर सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ। यसमा एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो इएमआई, र खल्तीमार्फत क्यासब्याकजस्ता सुविधा समावेश छन्।
यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुने छ। अभियानले दीर्घकालीन विश्वसनीयता, वारेन्टी र सहज इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्ने महत्त्वलाई पनि जोड दिएको कम्पनीले जनाएको छ।